
पूर्णपुष्टि,फागुन २६
कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित एक युवा पक्राउ परेको छ । कृष्णपुर नगरपालिका–९ स्थित पिपरीयाबाट २५ वर्षीय संजय रानालाई मेसिनसहित प्रहरीले पक्राउ गरेको हो ।
उनको साथबाट १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग गरिने मेसिन सहित हिजो राति प्रहरीले पक्राउ गरेको थियो ।

रानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई खुद्रा पसल जाँच गर्दा उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।
साथै उनको पसलबाट १ थान फलामको कैंची, १ हजार दरको नेपाली नोटको साइज नाप्ने फलामको पाताबाट बनेको १ थान साँचो, १ थान गम, १ सय ५० थान फोटोकपी पेपर, १ थान रङ्गिन फोटोकपी मेसिन, १ थान डेस्कटप कम्प्युटर र १ हजार रुपैयाँ १ थान सक्कली नेपाली नोट प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा थप छानविन अगाडी बढाएको प्रहरीले जनाएको छ ।

