Thursday, June 18News That Matters

कञ्नपुरमा महिलाको ज्यान लिने पाटे बाघ नियन्त्रणमा

पूर्णपुष्टि,बैशाख ९ । कञ्चनपुरको बेलौरी नगरपालिका–८ खप्टीनालाकी गंगा चन्दलाई घाँस काट्ने क्रममा आक्रमण गरी ज्यान लिने पाटे बाघलाई नियन्त्रणमा लिईएको छ । शनिबार बिहान बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले पाटे बाघलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

खप्टीनाला नजिकै झाडीमा बसेको बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डांगीले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा छाड्ने तयारी रहेको ।

आक्रमणमा परी मृत्यु भएकी महिलाको शव पनि बाघलाई नियन्त्रणमा लिएको स्थानमा नै भेटिएको थियो । उनको शव परीक्षणका लागि बेलौरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।