Wednesday, June 3News That Matters

कटारीका लेखा अधिकृत श्रेष्ठलाई कर्मचारीहरुले गरे अवकाशको विदाई

पूर्णपुष्टि, कार्तिक २
लामो समयदेखी सरकारी सेवामा कार्यरत लेखा अधिकृत दिलिप श्रेष्ठलाई कटारी नगरपालिकाका कर्मचारीहरुले विदाई गरेको छ । श्रेष्ठले जागिरबाट अवकाश पाए सँगै कटारीका उपमेयर गिता खड्का सहित प्रमुअ प्रशासकीय अधिकृत अनिल किराँती लगायतको कर्मचारीहरुलले कार्यालयको तर्फबाट विदाई कार्यक्रमको आयोजना गरेको हो । गाईघाट स्थित घरेलु कार्यालयबाट सरुवा भई कटारी नगरपालिका पुगेका श्रेष्ठको सोही नगरपालिकामा कार्यरत अवस्थामा अवकास भएको हो ।

श्रेष्ठ करिब ३ वर्ष अगाडी मात्र गाईघाट बाट सरुवा भई कटारी नगरपालिकाको लेखा अधिकृत पदमा रहेर काम गरिरहेका थिए । जनताको सेवामा आफुलाई समर्पित गराई आफ्नो जीवनको अमुल्य समय यस नगरपालिकाको लागि योगदान दिएर अनिवार्य अवकास भएको भन्दै कटारी नगरका कर्मचारीको स–परिवारले विदाई गरेको हो । श्रेष्ठलाई नगरको आयोजनामा एक कार्यक्रमको भव्य समाहोरबिच विदाई गरिएको हो । कटारीका प्रमुख प्रशासकीय अधिकृत राईले सेवानिवृत्त जीवन सुखद, सक्रिय, स्वस्थ एवंम् सुखमयका कामना गर्दै बिदाई गरेको जनाउनुभयो ।