Wednesday, August 5News That Matters

कटारी ६ मा एमाले परित्याग गरि ७ जना माओवादीमा प्रवेश

पूर्णपुष्टि, कार्तिक २५ गते ।
उदयपुरको कटारी नगरपालिका–६ मा गरिएको गठबन्धनको चुनावी सभामा नेकपा एमालेका ७ जना कार्यकर्ताले नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । एमाले परित्याग गरेर तविलाल सार्की, खबी बहादुर सार्की, उद्धव बहादुर सार्की, मिन बहादुर सार्की, कमल बहादुर सार्की, निर बहादुर राई र ज्ञान कुमार सार्की माओवादीमा प्रवेश भएका हुन् ।
उनीहरुलाई नेकपा माओवादीका नेता तथा संविधान सभा सदस्य मोहन खत्री, जिल्ला अध्यक्ष विनोक कटुवाल दिवसले अविरमाला लगाएर स्वागत गरेका हुन् । चुनावी सभामै नवप्रवेशीहरुलाई नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगनाथ खतिवडाले बधाई दिएका थिए ।