Tuesday, June 2News That Matters

कतार र मलेसियाबाट २९० नेपाली काठमाण्डौँ आइपुग्यो

पूर्णपुष्टि, असार १५

कतारको दोहा र मलेसियाको क्लालाम्पुरबाट २ सय ९० जना नेपाली काठमाण्डौँ आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत कतारको दोहाबाट १ सय ५१ जना र मलेसियाको क्लालाम्पुरबाट १ सय ३९ जना नेपाल आईपुगेका हुन् ।

उक्त उडानमा दोहाबाट एउटा शव पनि ल्याइएको त्रिभुवन विमानस्थलले जनाएको छ ।