Wednesday, May 13News That Matters

कपिलवस्तुमा १० जना कोरोना संक्रमण थपियो

पूर्णपुष्टि/बैशाख, २९

नेपालमा दिन दिनै कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । आज फेरी कपिलवस्तुमा पनि १० जना कोरोना संक्रमण थपिएको छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–५, र बुद्धभूमि नगरपालिका–७ का १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखुलेका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै कपिलवस्तुमा मात्रै संक्रमितको संख्या १५ पुगेको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

आज सहित नेपालमा संक्रमितको संख्या १२० पुगेको छ । हाल उदयपुरमा ३२, पर्सामा २५, बाँकेमा २४, कपिलवस्तुमा १५, काठमाडौंमा ५, कैलालीमा ४, रौतहटमा ३ र बागलुङ, बारा, चितवन, झापामा २÷२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने भोजपुर, सर्लाही, रुपन्देही र कन्ञ्नपुरमा पनि १÷१ जनामा संक्रमण भएको छ । संक्रमणहरु मध्य ३३ जना भने निको भइसकेको छ ।