Wednesday, June 3News That Matters

करणी अभियोगमा सजाय भुक्तान गरिरहेको कैदको मृत्यु

पूर्णपुष्टि, कार्तिक ४ गते ।
विराटनगरस्थित जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको ज्यान गएको छ । जबरजस्ती करणी मुद्दाका कैदी मोरङको केराबारी गाउँपालिका–१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको निमित्त जेलर तुलसीराम भगतले जानकारी दिए ।
जेलरका अनुसार मुटु तथा पेटको समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा बिहीबार साँझ ५ बजेतिर ज्यान गएको जेलर भगतले जानकारी दिए ।
उच्च रक्तचापको पुरानै समस्या रहेका विकलाई कोसी अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि कोसीले नोबेल रेफर गरेको हो । जबरजस्ती करणी मुद्दामा विकलाई जिल्ला अदालत मोरङले २०७४ चैत ८ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो ।
विकले २०८३ साल पुस २ गते सजाय भुक्तान गरिसक्ने थिए । शव परिवारलाई जिम्मा लगाएर पठाइएको कारागारले जनाएको छ । मोरङ कारागारमा हाल १ हजार ७४ जना कैदी बन्दी रहेका छन् ।