Sunday, April 19News That Matters

करणी गरेको अभियोगमा ३७ वर्षीय एक युवा पक्राउ

पूर्णपुष्टि, भदौ २४
करणी गरेको अभियोगमा ललितपुरबाट एक जना ३७ वर्षीय युवा पक्रा परेको छ । महालक्ष्मी नगरपालिका–९ लुभु चेतना चोकस्थित किराना होलसेल पसल संचालन गरी बस्ने ३७ वर्षीय रमेश थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
३२ वर्षीया महिलालाई पसलभित्र मंगलबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा उनलाई बुधबार पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थापा मगरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।