
पूर्णपुष्टि, जेष्ठ २०
प्रहरीले जबरजस्ती करणी मुद्धामा फरार रहेका एकजना अभियुक्तलाई सार्वजनिक गरेको छ । दाङको घोराही उपमहानगरपालिका–४ भकारे बस्ने ८४ वर्षीय रामु केसीलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।
केसीलाई प्रहरीले आज विहान साढे १० बजे पक्राउ गरी सजाय भुक्तानका लागि दाङ देउखुरी जिल्ला अदालत उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।
अदालतले केसी विरुद्ध २०७६ मंसिर २६ गते जबरजस्ती करणी मुद्धामा दोषी ठहर गदै ७ वर्ष ५ महिना ८ दिन कैद र २ लाख २५ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । फरार हुँदै आएका अभियुक्त केसीलाई प्रहरीले आज घरबाटै पक्राउ गरेको हो ।
