
कात्तिक ५ गते ।
पाँचथरको कुम्मायकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेण्ट लागेर पाल्पा जिल्लाको रुप्से गाउँपालिका–९ निबासी २५ वर्षीय ईश्वर सारु मगरको मृत्यु भएको हो ।
पालिकाको हाङथुवामा बिजुलीको काम गर्दै गर्दा सोमबार साँझ अचानक करेण्ट लाग्दा मगर गम्भिर घाईते भएको थियो । घाईते मगरको जिल्ला अस्पताल पाँचथरमा उपचारको लागि लादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
