
झापा, भदौ ११
झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–३ खुदुनावारी निबासी २८ बर्षीया अन्जता राईको करेन्ट लागेर मृत्यु भएको हो ।
हिजो दिउँसो पौने ६ बजे आफ्नै घरमा पंखा चलाउने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी राईलाई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
