Tuesday, June 30News That Matters

करेन्ट लागेर एक बालकको मृत्यु

पूर्णपुष्टि, असार २७

ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ का लाक्पा शेर्पाको १३ बर्षीय छोरा सबिन शेर्पाको करेन्ट लागेर मृत्यु भएको छ ।

शनिवार बिहान घर नजिकै खेतमा ढलिरहेको बिजुलीको तारमा छुँदा करेन्ट लागेर बालकको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।