Monday, July 6News That Matters

करेन्ट लागेर युवकको मृत्यु

पूर्णपुष्टि, पुष १९ गते ।
संखुवासभाको चैनपुर नगरपालिका–९ त्रिशुले स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २९ बर्षीय शिब कुमार भण्डारी रहेका छन् ।

सोमवार अपरान्ह ४ बजे आफ्नै घरमा भएको मिलमा मकै पिस्ने क्रममा करेन्ट लाग्दा घाईते भएका २९ भण्डारीलाई उपचारको लागी चैनपुर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।