Friday, May 22News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

झापा, श्रावण २७ 

ईलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । साक्फारा घर भई झापाको दमक नगरपालिका–१ मा डेरा गरी बस्ने २८ बर्षीय रोशन तामाङको करेन्ट लागेर मृत्यु भएको हो ।

सोमवार राती ९ बजे घर नजिकै रहेको खेतमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका तामाङको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा राती १० बजे मृत्यु भएको  प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।