Monday, June 29News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

झापा, असोज २६

झापाको विर्तामोडमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । पाँचथरको फिदिमका २४ बर्षीय शिव तुम्बाहाम्फोको करेन्ट लागेर मृत्यु भएको हो ।
तुम्बाहाम्फे फिदिमबाट बिर्तामोड सानीआमाको घरमा केही दिन अगाडी आएको थियो । सानी आमाकै घरमा आएको बेला घर नजिकै रहेको नालामा उनि माछा पार्न हिजो साझँ ६ बजे गएको थियो ।

नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक तुम्बाहाम्फो आफैलाई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनि संगै माछा मार्न गएका हरीप्रसाद रिमाललाई समेत करेन्ट लागेकोमा उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।