Sunday, June 28News That Matters

करेन्ट लागेर १ जनाको मृत्यु

मोरङ, चैत्र ३०

मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा–७ गोठगाउका २६ बर्षीय बिनोद घिमिरेको करेन्ट लागेर मृत्यु भएको हो ।

आईतबार बेलुका साढे ४ बजे छिमेकीको घरमा बिजुलीको वाईरिङ गर्ने क्रममा करेन्ट लागेर घाईते भएका उनको नोवेल अस्पतालमा उपचारको क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।