
सुनसरी, भदौ २६ गते ।
सुनसरीको ईटहरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ईटहरी उप–महानगरपालिका–१३ खनारका ५२ बर्षीय फागुलाल सरदारको मृत्यु भएको हो ।
गतराती साँढे ७ बजे आफ्नै घरमा लाईन जोड्ने क्रममा एक्कासी करेन्ट लागेर घाईते भएका सरदारलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
