
झापा, कात्तिक ७ गते ।
झापाको अर्जूनधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । अर्जूृनधारा नगरपालिका–९ गोलधाप निबासी २२ वर्षीय बसन्त धिमालको मृत्यु भएको हो ।
गतराती पौने ९ बजे रेखा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक्कासी आफैलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
