
झापा, मंसिर २ गते ।
झापाको मेचीनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–९ निबासी ५७ बर्षीया बुद्धीमाया तामाङको मृत्यु भएको हो ।
वारीमा हात्ती धपाउन लगाएको बिजुलीको तारमा आफ्ना गाई गएपछि धपाउने क्रममा आईतवार बेलुका साँढे ५ बजे करेन्ट लागेर तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव परिक्षणको लागि मेची अस्पताल भद्रपुर पठाईएको छ भने घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
