Friday, May 22News That Matters

कर्णालीमा थप ५२ जनामा कोरोना संक्रमण देखियो

पूर्णपुष्टि, जेठ ३२ गते ।

कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण केन्द्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालमा गरिएको परीक्षणमा थप ५२ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका ३७ र सुर्खेतका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या ९ सय ६७ पुगेको छ ।

दैलेखका ३७ जना मध्ये ३५ जना नौमुले गाउँपालिकाका मात्रै रहेका छन । गाउँपालिकाको १, २, ३, ५, ६, ७ र ८ वडाका ३४ जना पुरुष र १ जना महिला रहेको जनाएको छ । नारायण नगरपालिका–२ का २ जना पुरुष रहेका छन् ।

त्यस्तै सुर्खेतका १५ जनामध्ये वीरेन्द्रनगरपालिका–१ का एकजना पुरुष, गुर्भाकोटा नगरपालिका १, ५, ११, १२ र १४ न. वडाका ८ जना पुरुष रहेका छन् ।

लेकबेसी नगरपालिका–२ का एकजना पुरुष, पञ्चपुरी नगरपालिका १, २, ६ र ७ न. वडाका ५ जना पुरुष रहेका छन् ।

दैलेख अस्पतालबाट २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना गरी ३ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ९४ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ रहेको महाशाखाले जनाएको छ ।