Tuesday, April 28News That Matters

कर्णाली प्रदेशमा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ २२ गते । 

कर्णाली प्रदेशमा थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ६ जनामा संक्रमण पुष्टि भएको हो ।

दैलेखको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिला तथा देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, भगनीका ५ जना, साडुका २ जना र बाँसकोटमा एक जना गरी १ सय ५ जना तथा मुगुको खत्याडका एक पुरुषमा गरी १ सय ६ जनामा कोरोना पुष्टि भएको जनाईएको छ ।

यो सँगै कर्णाली प्रदेशमा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।