
पूर्णपुष्टि,फागुन १२
श्रीमतीको हत्या गरी फरार रहेका छथर गाउँपालिका–१ का ५२ बर्षीय तेन्जे शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । यही फागुन –३ गते सामान्य घरायशी बादबिबादको बिषयलाई लिएर झै–झगडा हुँदा कुटपिट गरेर ५६ बर्षीया श्रीमती छिरिङ डोमा शेर्पाको हत्या गरी शेर्पा फरार रहेका थिए ।
फरार रहेका शेर्पालाई जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले झापाको काकडभिट्टाबाट पक्राउ गरेको छ ।
पक्राउ परेका शेर्पाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
