Saturday, June 27News That Matters

कर्मचारी द्धारा उप–महानगरपालिकाको सेवा ठप्प

कात्तिक ३ गते । 

कर्मचारीले बाराको एक उप–महानगरपालिकाको सेवा  ठप्प पारेको छ । कलैया उप–महानगरपालिकाका कर्मचारीले ४ न. वडाका वडाध्यक्ष जटाशंकर सहनीमाथि कारबाहीको माग गर्दै कामकाज ठप्प पारेको हो ।

नगरको प्रमुख प्रशाकीय अधिकृत हरिनारायण बेल्वासेलाई आक्रमण र गालीगलौज गरेको भन्दै सहनीमाथि कारबाहीको मागसहित उप–महानगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र सामुदायिक विद्यालय समेत बन्द गरेका छन् ।

सवै सेवा ठप्प पारेपछि स्थानीय जनता समस्या परेका छन् । गत शुक्रबार वडाध्यक्ष सहनीले उप–महानगरपालिकाको योजना शाखामा वडा कार्यालयबाट आएको योजना हटाएको भन्दै आफूलाई गालीगलौज गर्दै ढोका भाँचेको र टेबल उठाएर आक्रमण गरेको प्रमुख प्रशासकीय अधिकृत बेल्वासेले आरोप लगाएको छ ।

आफूले वडाको योजना किन हटाएको भन्ने विषयमा प्रमुख प्रशासकीय अधिकृतसँग सामान्य विवाद भएको र टेबल ठोकाठोक मात्रै गरेको हातपात नगरेको वडाध्यक्ष सहनीले दावी गरेका छन् ।