Wednesday, June 10News That Matters

कलाकार संघको अध्यक्षमा निरौला विजयी

पूर्णपुष्टि,चैत्र ५ । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । निरौलाले २३५ मत ल्याए भने उप्रेतीले २०९ मत ल्याएकी थिइन्। उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी भएका छन् ।

महासचिवमा सविन श्रेष्ठ, सचिवमा रामेश्वर बुर्लाकोटी र कोषाध्यक्षमा सुनिल कटुवाल विजयी भएका छन् । यस्तै सहकोषध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।

सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धव प्रसाद भट्टराई, पवन केसी र नम्रता खरेल विजयी भएका छन् । यस्तै पुकार भट्टराई, खुम्बु खड्का, सरिता राधोपाध्याय, रोशन श्रेष्ठ र समीर लामापनि सदस्य निर्वाचित भएका छन् ।