Thursday, May 28News That Matters

कश्मीर सीमामा झडप हुँदा तीन जनाको मृत्यु

बैशाख १ गते । 

सिमा क्षेत्रमा भारत र पाकिस्तानका सेनाबीच झडप हुँदा तीन जनाको मृत्यु भएको भारतले दाबी गरेको छ ।

कश्मीरको कुपवाडा जिल्लाको रिहाइशीमा झडप हुँदा एक महिलासहित तीन जनाको मृत्यु भएको भारतीय सेनाले विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।

पाकिस्तानी सेनासँग एक हप्तासम्म नियन्त्रण रेखामा झडप भएको भारतीय सेनाले जनाएको छ । त्यसपछि पाकिस्तानी सेनाले आइतबार रिहाइशी क्षेत्रमा मोटार आक्रमण गरेको भारतीय सेनाले दाबी गरेको छ ।

उता पाकिस्तानी सेनाले भने त्यसको खण्डन गर्दै सन् २००३ मा भएको युद्धविरामको भारतीय सेनाले उल्लङ्घन गरेको जनाएको छ ।