Friday, May 22News That Matters

काँकडभिट्टाद्दइनरुवा रेलमार्ग निर्माणको ठेक्का रद्द

पूर्णपुष्टि, भदौ २३

काँकडभिट्टा–इनरुवा रेलमार्गको निर्माणको ठेक्का रद्द भएको छ । १ सय ६ किलोमिटर लामो रेलमार्गको ट्रयाक बेड निर्माणको ठेक्का रद्द गरेको रेल विभागले सूचना जारी गरेकोे हो ।
यसअघि ३३ अर्ब ३४ करोड ८० लाख रुपैयाँको ठेक्कामा पूर्व तयारी नगरी ठेक्का प्रक्रिया थालिएको थियो । यो टेन्डर प्रक्रियामा भ्रष्टाचार भएको भन्दै उजुरी परेको थियो । विवादको विच पनि टेन्डर प्रक्रियालाई अगाडि बढाउने तयारी थियो ।