Monday, June 29News That Matters

कारागारमा रहेका ४ जना बालबालिकाहरुलाई पेशोक उदयपुरद्धारा लत्ता कपडा र शैक्षिक सामाग्री सहयोग

पूणर्पुष्टि, असोज १०

शान्ति समाज केन्द्र (पेशोक) उदयपुरले कारागारमा आमा सँगै रहेका ४ जना निर्दोश बालबालिकाहरुलाई लत्ता कपडा सहित शैक्षिक सामाग्री वितरण गरेको छ ।

शनिवार सामाजिक सेवा दिवसको अवसर पारी गैसस मशासंघ उदयपुरको समन्वयमा शान्ति समाज केन्द्र उदयपुर (पेशोक) ले सामाग्रि सहयोग गरेका हुन् ।  सामाग्री पेशोक उदयपुरकी अध्यक्ष सिर्जना दनुवार, गैसस महासंघकी प्रदेश इन्चार्ज महेश्वरी राई लगाएत अन्य प्रतिनिधिहरुले कारागारका प्रमुख कुमार खड्कोको रोहबरमा प्रदान गर्नुभयो । उनिहरुलाई एलिन वान किताब, कापी डट, र जाडोमा लाउने ज्याकेट, टाउजर लागएतको समाग्री प्रदान गरिएको संस्थाकी अध्यक्ष सिर्जना दनुवारले बताउनुभयो ।