
पूर्णपुष्टि, भदौ १६
काठमाण्डौ उपत्यकामा नयाँ पदमार्ग (हाइकिङ ट्रेल) निर्माण हुने भएको छ । नयाँ हाईकिङ ट्रेल निर्माण गर्ने र पुराना पदमार्गको मर्मत सम्भार गरिने भएको हो ।

यसको लागि पर्यटन विभागले बोलपत्र आह्वान गरेको छ । कान्तिपुरमार्ग–कलङ्की–गुर्जेभञ्ज्याङ सुराचौर– आलडाँडा–शिवपुरी गाउँ–बारदेभ–लेले–देउराली र गोदावरीमा पदमार्ग बनाउन र मर्मत सम्भारको लागि बोलपत्र आह्वान भएको छ ।
पदमार्ग निर्माण, मर्मत तथा सौन्दर्यकरणको लागि आजका मितिले १३ दिनसम्म बोलपत्रमा दरखास्त दिन पाइनेछ ।
