Friday, May 22News That Matters

काठमाण्डौँमा मयूर यातायातको सेवा सुरु

पूर्णपुष्टि, असार २९ 

काठमाण्डौँमा मयूर यातायातले यात्रु सेवा सुरु गरेको छ । सरकारले तोकेको मापदण्ड अनुसार सेवा सुरु गरिएको कम्पनीले जनाएको छ ।

यातायात समितिहरुलाई कम्पनीमा बदल्ने निर्णय भएका बेलामा पनि मयूरले समितिको सिन्डिकेट तोड्दै गाडी चलाएको थियो । अहिले पनि ठूला कम्पनीहरुले विभिन्न शर्त तेर्स्याएर बस नचलाउने निर्णय गरेका बेल मयूरले सोमबारबाट ६ वटा बसमार्फत सेवा थालेको हो ।

कम्पनीले काठमाडौं–धुलिखेल–पनौती रुटमा २ वटा बस चलाएको छ भने रिंगरोडमा ४ वटा बस चलाउन थालेको छ ।

गाडीको ब्याट्री राख्ने र मर्मतको काम भइरहेको कम्पनीले जनाएको छ । पर्सीसम्ममा २०÷२२ वटै बस सेचालन गर्ने कम्पनीले जनाएको छ । कम्पनीसँग ४४ वटा बस छन् । तर, यात्रुको चाप कम भएकाले एकैपटक सबै सवारी संचालन नगर्ने जनाईइएको छ ।

अन्य कम्पनीलाई पनि बस चलाउन आग्रह गरेको जनाएको छ । बस रोकिराख्दा व्यवसायीलाई थप हानी नोक्सानी हुने भएकाले तोकिएको मापदण्ड पुरा गरेर सबैले बस चलाउनुपर्ने जनाईएको छ ।

मयूरले सरकारले बनाएको मापदण्डअनुसार नै एक पंक्तिको एउटा सिटमा एक जना मात्रै राख्ने र ५० प्रतिशत बढी भाडा लिने गरी सेवा सुरु गरेको हो । बसमा मास्क अनिवार्य गरिएको छ ।

सरकारले गत असार २६ गतेदेखि जिल्ला र काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारी खुला गरेको थियो । तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघले विभिन्न माग राख्दै सवारी चलाउन मानेका छैनन् ।