
पूणर्पुष्टि, मंसिर २६
गैँडाको खाग सहित बाटमाण्डौँमा ५ जना शुक्रबार पक्राउ परेका छन् । गैडाको खाग अवैध कारोबार भएको सूचना पाएर स्वयम्भूको किमडोल पुगेको प्रहरी टोलीले बिक्री गर्न कोठामा राखिराखेको अवस्थामा गैंडाको खाग सहित उनिहरुलाई पक्राउ गरेको हो ।
अपराध महाशाखाबाट खटिएको टोलीले बिहीआर काठमाडौं महानगरपालिका झोँछेका ४१ वर्षका रिकेश शाक्य, ३५ वर्का सुरेश शाक्य, ३९ वर्षका अनिल श्रेष्ठ, नुवाकोट म्यागङका २६ वर्षका रामसिंह तामाङ र २२ वर्षकी मुना तामाङलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने ५ जना सहित खाग थप अनुसन्धानका लागि जिल्ला वन कार्यलय हात्तिसार पठाईएको प्रहरीले जनाएको छ ।
