Wednesday, June 17News That Matters

काठमाण्डौको तारकेश्वरमा बससँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

पूर्णपुष्टि,जेष्ठ ३ । काठमाण्डोको तारकेश्वर नगरपालिका–६ जरँखुमा बस सँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुधवार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको एसएसपी भट्टले बताए । मोटरसाइकललाई ठक्कर दिएको बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ । बसमा सवार एक यात्रु घाइते भएकी छन् ।