Sunday, May 10News That Matters

काठमाण्डौबाट बाहिरीनेको संख्या बढ्यो

पूर्णपुष्टि, चैत ७ गते । 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट बच्नका लागी शैक्षिक संस्था बन्द र परीक्षा स्थगित भएपछि काठमाण्डौ छाड्नेको सख्या बढेको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो सख्या गत बुधबारको भन्दा १३ हजार दुई सय ११ ले बढी हो । दशै, तिहार र २०७२ सालको भूकम्पपछि काठमाण्डौ छाड्नेको संख्या अहिले बढेको हो ।

सरकारले एक महिनाका लागी रुट इजाजत  बिना नै गाडी चलाउन पाइने व्यवस्था गरेको छ । आउँदो वैशाख ३ गतेसम्मका लागि बाटो इजाजत खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।