Wednesday, June 10News That Matters

काठसहित ४ जना पक्राउ

पूर्णपुष्टि, चैत १९ 

झापाबाट सालको काठसहित चार जना पक्राउ परेका छन् ।

मेचीनगरबाट दुई लाख ४० हजार रुपैयाँ बराबरको सालको काठसहित बुद्धशान्ति गाउँपालिका–४ का ४० वर्षीय बलबहादुर राई, ४० वर्षीय सुमन राई, ३० वर्षीय सुरेन राई र २३ वर्षीय दीपक तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ ।

मे १ त १३८६ नम्बरको ट्याक्टर र मे ३ प ८३७८ नम्बरको मोटरसाइकलमा राखी इलामबाट झापातर्फ ल्याउँदै गरेको करिब ६० क्यूफिट सालको काठसहित उनीहरुलाई सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको जनाएको छ ।

काठ सहित पक्राउ परेका ट्याक्टर तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।