
भदौ १८ गते ।
अफगानिस्तानका काबुलको ग्रीन भिलेज क्याम्पसमा राती भएको आत्मघाती बम हमलामा दुई जना नेपाली सहति १६ जनाको ज्यान भएको छ ।
राजधानी काबुलमा सोमबार भएको बम हमलामा १६ जनाको मृत्यु छ भने एक सय १९ जना घाईते भएका हुन् ।
आत्मघाती बम हमलामा दुई जना नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको इस्लामावादको नेपाली दूतावास स्रोतले जनाएको छ ।
मृत्यु भएका दुवै नेपाली ग्रीन भिलेज क्याम्पको सुरक्षाको जिम्मा पाएको ‘गार्दा वल्र्ड’ नामक क्यानेडियन सुरक्षा कम्पनीमा कार्यरत थिए भने कोही पनि नेपाली घाईते नभएको स्रोतले जनाएको छ ।
उक्त ठाउँमा लामो समय काम गरेर करिब पाँच महिनाअघि फर्किएका एक नेपालीका अनुसार त्यति बेला त्यहाँ करिब एक सय १८ जना नेपाली र केही नेपाली भाषी भारतीय नागरिक सुरक्षा गार्डका रुपमा तैनाथ थिए ।
यो समाचार आजको कान्दिपुर दैनिकमा छापिएको छ ।
