पूर्णपुष्टि, असोज ३१
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदानको १९ दिन अघिसम्म राजनीतिक दलका उम्मेदवारलाई कोणसभा तथा आमसभा निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ । यसरी आयोगको नियम विपरिद दल तथा उम्मेदवारहरुले आमसभा गरेको पाईए उम्मेदवारी नै ख्यारेज हुने आयोगले चेतावनी दिएको छ ।
आगामी कात्तिक १७ गतेअघि उम्मेदवाले आमसभा गरेमा उम्मेदवारी खारेज गरिदिने निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए। घरदैलको क्रममा पनि राजनीतिक दलहरूले आचारसंहिता उल्लंघन गरेका उजुरी आयोगमा आएको आयुक्त भण्डारीले बताए।
ुथुप्रै ठाउँबाट घरदैलो जाने सन्दर्भमा तामझाम गरेर भएको साथै भोजभतेर गर्न पनि सुरू भएको उजुरी परेका छन्। हामी छानबिन गरिरहेका छौँ,’ उनले भने।
‘आयोगले तोकेको मितिअघि कोणसभा तथा आमसभामा गरिए आचारसंहिताको उल्लंघन हुनेछ । त्यस्ता उम्मेदवाहरूको मनोनयन खारेज गर्ने कठोर निर्णय आयोगले लिनेछ,’ भण्डारीले भने। दलहरूले कात्तिक १८ गतेबाट मात्रे प्रचार(प्रसार गर्न पाउनेछन् । उम्मेदवार र राजनीतिक दलहरूले हाल २५ जनासम्मको समूहमा मतदाताबीच घरदैलोको कार्यक्रम गर्न सक्नेछन्।
