
पूर्णपुष्टि, कात्तिक २७
ईलामको कालपोखरीमा सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरणको लागि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ ।
हिजो इलामको सन्दकपुर गाउँपालिका–४मा पर्ने कालपोखरीमा बीओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सन्दकपुर गाउँपालिकाले उपलब्ध गराएको स्थानीय कर्मा शेर्पा (लामा)को २ तले, पाँच कोठे पक्की भवनमा बीओपी स्थापना गरिएको जनाईएको छ ।
