
मंसिर १४ गते ।
कास्कीको नयाँ बजार र बागमारामा बम विस्फोट भएको छ । पोखरा महानगरपालिका–१६ को शान्ति मावि मतदान स्थल नजिकै र पोखरा–९ को नवप्रभात मावि मतदान स्थलमा मतदान भैरहेको बेला बम विस्फोट भएको हो ।
मतदान केन्द्र नजिकै विस्फोट हुँदा मतदान केही बेर रोकिएको थियो । रोकिएको मतदान पुन सुरु भएको छ भने सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।
अहिले ३२ मतदान स्थलका ८२ वटै केन्द्रमा मतदान भैरहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका मुख्य निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले बताए ।
