
खबर विस्तृत…
१.
संघीय लोकतान्त्रिक गणतन्त्र दिवस यो पटक कोरोना महामारीकाबीच पर्न गएको छ । आज १४ औं गणतन्त्र दिवस हो । राजतन्त्रको पञ्जाभित्रबाट मुक्त भएको एउटा युग पार गरेको दिन हो आज । नागरिकहरुले सार्बभौमशत्ता प्राप्त गरेका दिनको हिसावले यो दिवस महत्वपूर्ण छ ।
कोरोना महामारीका कारण तामझामका साथ मनाउन नमिले पनि सबैले आ आफ्नाे ठाउँबाट शुभकामना र सुभेच्छा प्रकट गरेका छन् ।
(संघीय संविधान सभा सांसद सुरेशकुमार राइसंग प्रत्यक्ष संवाद…)
२
उदयपुरमा सक्रिय संक्रमित लगातार थपिदै आउने क्रममा आज भने केही घटेको छ । पछिल्लो २४ घण्टामा ४ जना मात्र संक्रमित थपियो भने १३ जना निको भएका छन् । चारै जना संक्रमित त्रियुगा नगरपालिकाका हुन् । ३२ जनाको एन्टिजेन परिक्षणमा २ पुरुष र २ महिला संक्रमित भेटिएको हो ।
जिल्लामा आजसम्म ८५४ जना सक्रिय संक्रमित रहेका छन् । ९ जना घटेर सक्रिय संक्रमितको संख्या त्यति भएको हो । जसमा ३८२ महिला र ४७२ जना पुरुष छन् । सक्रिय संक्रमितहरु मध्ये ७९९ जना होम आइसुलेशनमा र ५५ जना संस्थागत आइसुलेशनमा उपचाररत छन् ।
जिल्लामा निको हुनेको कुल संख्या २२१ पुगेको छ । मृत्यु हुनेको संख्या ३१ रहेको छ । मृत्यु हुनेमा १० महिला र २१ पु्रुष छन् । कुल सक्रिय संक्रमित ८५४, निको २२१ र मृत्यु ३१ गरी जिल्लामाा कुल संक्रमित १ हजार १०६ पुगेको छ ।
३.
उदयपुर कोरोना अस्पताल, बेल्टारमा हाल ३५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । सो अस्पतालका ब्यवस्थापक तेज बहादुर पोखरेलका अनुसार २ जना अक्सिजनमा छन् भने बाँकी सबै सामान्य उपचारमा रहेको छन् । सो अस्पतालमा उपचारका लागि भर्ना हुने कुल संख्या ९७ रहेको छ ।
जिल्लाको आठै पालिकाको संयुक्त पहल तथा लगानीमा निर्मित सो अस्पताललाई व्यवस्थित र सुविधासम्पन्न बनाउने प्रयास भइरहेको छ । जिल्लामो कोरोना महामारी फैलिएसंगै पालिकाहरु आप्mनैे ठाउँमा आइसोलेशन ब्यवस्थित गर्न लागि परेका छन् । यसै सन्दर्भमा लिम्चुङबुङ गाउँपालिकाले पालिका सदरमुकाम वडा नं. ३ बराहामा आइसोलेशन निर्माण गरी संक्रमितलाई उपचार गरिरहेको छ ।
यता गाईघाट स्थित मदनभण्डारी आँखा अस्पतालमा हाल १९ जना संक्रमित उपचाररत छन् । सो आइसोलेशनका ब्यवस्थापक शिव यादवका अनुसार १३ जना अक्सिजनमा रहेका छन् भने अन्यको सामान्य उपचार चलिरहेको छ । सो अस्पतालबाट आज १ जना निको भएर घर फर्केका छन् भने २ जना रेफर भएका छन् ।
४
महामारी हुदैमा रोकिदैन महिनावारी । सामाजिक कुरिती बहिस्कार गर्न हो हामी सबैको जिम्मेवारी भन्ने नाराका साथ हिजो अन्तराष्टिय स्वाच्छता दिवस मनाइयो । कोरोना महामारीकाबीच यो दिवसको नारा महत्वपूर्ण छ । ओरेक उदयपुरले महामारीलाई मध्येनजर गर्दै आज भर्चुअल कविता प्रतियोगिता गर्यो । साथै विभिचन्न सचेतनाकाे कार्यक्रम गरिरहेका छ ।
नाराकाे सन्देश र दिवसका सान्दर्भिकताबारे कुरा गर्न अाेरेक उदयपुरकी महिला हिंसा विरूद्धकाे कार्यक्रमकी संयाेजक प्रभा पाैडेलसंग प्रत्यक्ष संवादमा हुनुहुन्छ ।
पछिल्लो एकसाताको अवधि मध्ये आज नेपालमा सबैभन्दा कम संक्रमितहरु थपिएका छन् । पछिल्लो २४ घण्टामा १४ हजार ७५२ जनाको परिक्षण हुदा ४ हजार ४७८ जना संक्रमित पुष्टि भएको हो । योसंगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा निको हुनेको संख्या बढि नै छ । ६ हजार ८० निको हुने थपिएकाा छन् । योसंगै नेपालमा निको हुनेको कुल संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएको छ । योसंगै देशमा मृत्यु हुनेको कुलसंख्या ७ हजार १६३ पुगेको छ । नेपालमा हाल कुल संक्रमितको संख्या १ लाख ११ हजार ५०९ रहेको छ । यो संख्या नेपालको पछिल्लो दिनमा क्रमिकरुपले घट्दै गएको अवस्था हो ।
नेपालमा ११ देखि ५० वर्ष उमेर समुहका मानिसलाई सबैभन्दा बढि संक्रमण देखिएको छ । १० वर्ष मुनिका बालबालिका र ८० वर्षमाथिका बृद्धबृद्धाको संख्या अन्यको दाँजोमा कमी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।
५
विश्वमा पनि क्रमशः कोरोना सक्रिय संक्रमितको संख्या घट्दो छ । पछिल्लो २४ घण्टाको रिपोर्ट अनुसार हिजोभन्दा आज १ लाख १३ हजार ८९ जना सक्रिय संक्रमित घटेको छ । गत तीनदिनदेखि सक्रिय संक्रमितको संख्या क्रमश घटेको हो । विश्वमा हाल कुल सक्रिय संक्रमित १ करोड ४६ लाख २३ हजार २० रहेको छ ।
मृत्यु हुनेको संख्या विश्वको ३५ लाख ३८ हजार ८५ पुगेको छ भने निको हुनेको संख्या १५ करोड १९ लाख ९६ हजार ३०३ रहेका५७ हजार ४०८ पुगेको छ ।
