
उदयपुर, पुस २६ गते ।
भोजपुरका किवाङ्हाङ राई यति बेला ऐतिहासिक किराँत राज्यका दरबार तथा गढीहरु घुम्दै हिड्नु भएको छ । हतुवागढी गाउँपालिका–३ माक्साहुत सिन्द्राङ निबासी राईले किरात सभ्यता र तत्कालीन किरात राज्यहरुका दरवार तथा गढीहरुको प्रत्यक्ष अवलोकन तथा अध्ययन गर्दै हिड्नु भएको हो ।
एसिया र युरोपका जुन सुकै राष्ट्रका मंगोलहरु सुम्निमा पारुहाङका सन्तान भएको राईले दावी गर्नु भएको छ । राईले भन्नुभयो “तयामा कियामाको कथाले मानव ईतिहासमा पहिलो कपडा बुन्न सिकाउने किराँती नै हो ।, विश्वका सभ्यताहरु मध्ये एक पुरानो किराँत सभ्या पनि हो ।
१ न. प्रदेशको नाम किराँत प्रदेश नामाकरण गर्नु पर्दछ । किन कि किराँत एउटा सभ्यता भएकाले सवैलाई समेट्ने भएकाले किराँत प्रदेश नामाकरण गर्नु पर्ने राईले बताउनुभयो । किराँतीहरु आदीबासी हो । तर अहिले राज्यले जनजाती बनाईएको उहाले बताउनुभयो ।
पहिचान, प्रतिनिधित्व, संघियताको मुद्दाहरुलाई कसरी व्यावस्थीत गर्ने, राज्य सत्ताका संचालकहरुसँग कसरी सर्व स्विकार्य गर्ने, सत्ताधारी पाटीका नेताहरुलाई कसरी सहमत गराउने भन्ने अभियानमा निस्कनुभएका राईले उदयपुरको चौदण्डिगढी, उदयपुरगढीको प्रत्यक्ष रुपमा अध्यान तथा अनुगमन गर्नुभएको छ ।
राईले भन्नुभयो “आजसम्मका ईतिहासकारहरुको ईतिहासमा म विमति राख्छु ।, किन भने सम्पूर्ण ईतिहासकाहरुले पाँच हजार वर्ष वरिपरिका अझ २÷३ सय वर्ष वरिपरिका घटना क्रममलाई समटेर मात्रै ईतिहास लेखेको छ ।, त्यसले मेरो किराँत ईतिहास झल्कदैन ।”
उन्नती प्रगती हुनको लागि पहिचान, राज्य सत्तामा प्रतिनिधित्व, राज्य श्रोतको समन्वयत्मक र भावनात्मक एकता हुन जरुरी भएको राईले बताउनुभयो । यि कुरा राज्य सत्ताले दिएपछि सवैमा भावनात्मक एकता आउने छ । भाषा, धर्म, सस्कार, सस्कृति, लिपि र राज्यसाँगको सम्बन्ध पहिचान हो । त्यो राज्य सत्ताले दिनु पर्ने उहाले बताउनुभयो ।
संविधानले नेपालमा बोलीने सवै मातृ भाषा राष्ट्र भाषा भनेर समेटेको छ । संविधानले दिएको पहिचानका लागि स्थानीय तहको नाम र प्रदेशको नाममा देखिनु पर्ने राईले बताए । सरकारले मातृ भाषालाई उच्च शिक्षाका लागि व्यावस्था गर्दै संरक्षण सम्बद्र्धन गर्नु पर्ने उहाले बताउभयो ।
भोजपुरको हतुवागढीमा द्वन्द्व कालमा राखिएका नेपाली सेनालाई अनेत्र व्यावस्थापन गर्नु पर्ने राईले बताउनुभयो । स्थानीय तहले पनि जग्गा खोज्ने र व्यावस्थापन गर्नका लागि लागि परेपनि तत्काल व्यावस्थापन गरी दरबारको संरक्षण तथा प्रवद्र्धन गर्नु पर्ने राईले बताउनुभयो ।
किराँतीहरुको उद्गम स्थल भनेर चिनिएको तुवाचुङ्, सिन्धुलीको सिन्धुलीगढी, भोजपुरको हतुवागढी, विजयपुर दरबार, उदयपुरका चौदण्डिगढी, उदयपुरगढी लगायतका तत्कालिन किराँत राज्यको दरवार तथा गढीहरुको प्रत्यक्ष अध्ययन तथा अनुसन्धान गरीसक्नु भएको छ ।
