Wednesday, June 10News That Matters

कुकुरको टोकाइबाट १२ बर्षीया बालिकाको मृत्यु

पूर्णपुष्टि,फागुन १८

कुकुरको टोकाइबाट धनुषामा १२ बर्षीया बालिकाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–१ दर्जी टोलका मोहम्मद अख्तरकी १२ वर्षीया छोरी शिवरन खातुनको कुकुरको टोकाईबाट मृत्यु भएको हो ।

शौचका लागि बाहिर निस्केकी शिवरनलाई कुकुरले टोकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कुकुरले टोकेको केही बेरमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएकी बालिकाको मानसिक अवस्था ठिक नरहेको प्रहरीले जनाएको छ ।

बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएको छ ।