
पूर्णपुष्टि, साउन ३१
कृशला हत्या काण्ड बारे जलजलेका युवाहरु सडकमा उत्रेका छन् । शुक्रबार कृशलाको हत्यारालाई तत्काल पत्ता लगाई कानुनी कर्वाही गर्न माग गर्दै युवाहरुले सरकारलाई चेतावनी स्वरुप मौन प्रदर्शन गरेका छन् ।
करिब सय भन्दा बढी युवा युवतीहरुले जलजलेको मुख्य चोकमा बिभिन्न व्यानर र कालोपट्टि बाँधेर सरकारकलाई दबाव दिएको हो । युवाहरु अझै पनि निदाएको छैन् । कृशलाको लागि अझै धेरै संघर्षहरु गर्ने भन्दै यो पहिलो कदमको संघर्ष स्वरुप युवाहरु मौन प्रदर्शनमा सडकमा उत्रेको टिमका अगुवा युवा अमित भगतले बताए ।
भगतले हत्याको रिजल्ट तत्काल सार्वजानिक गर्न भन्दै मोन प्रदर्शनमा युवाहरु उत्रेको जनाएको छ । यो अपराध सामान्य नभएको र समाजमा यस्ता निज अपराधिहरु पनि रहेको भन्दै यस्तालाई तत्काल कानुनी कार्वाही गर्न र आउँदो दिनहरुमा यस्ता घटना नदोहोरीन चेतना स्वरुप सडकमा आफुहरुले प्रदर्शन गरेको भगतले बताए ।
युवाहरुले कृशलाको नाममा हार्दिक श्रदान्जली समेत व्यक्त गरे । उनिहरुले कृशलालाई साथीको नाताले केहि गरेन भन्ने महसुस नहोस स्वर्गमा बास रहोस भन्दै कामना गरे । उनिहरुले कृशलाको नाममा सयौँ दिप प्रज्वलन गरी श्रदान्जली व्यक्त गरेका छन् । उनिहरुले ब्यानरमा बिभिन्न नारावाजी गर्दै सरकार पक्षलाई चेतावनी दिएको छ । कृशलालाई न्यायको माग गर्दै टिममा अमित भगत, सरद मगर र निरन्जन चौधरीले मुख्य नेतृत्व गरेको छ ।
तस्विरहरु

