Wednesday, June 10News That Matters

कृष्णबहादुर महरालाई जेल पठाउने रोशनी शाहीको फेरी अर्को यतिठुलो काण्ड बाहिरियो

संसद सचिवालयमा बसेर सबै मान्यको रोग निको पार्ने जिम्मेवारीप्राप्त स्वास्थ्यकर्मी रोशनी शाही, जसले सभामुख रहँदा कृष्णबहादुर महराको जागिर मात्र खाइनन्, जेलसमेत पठाइदिइन्, अहिले आफैँ सिलिङ फ्यानमा सलको पासो लगाएर मर्न ठिक्क परेपछि अर्को काण्ड मच्चिएको छ । भाञ्जा नाता पर्ने लोकेन्द्र शाहीसँगको उठबसले आत्महत्या गर्ने स्थितिमा पुगेकी हुन् ।

रोशनी जहाजमा नेपालगञ्ज पुगिन् र लोकेन्द्र उनलाई रिसिभ गर्न मोटरसाइकल लिएर विमानस्थल पुगे । उनकै मोटरसाइकल चढेर जाजरकोट जाने क्रममा पहिला कोहलपुरमा बास बसे । त्यसक्रममा उनीहरूबीच विवाद भयो र आफूमाथि बलात्कार प्रयास भएको भनी इलाका प्रहरी कार्यालयमा जाहेरी दिइन् ।अंग्रेजी रोमन अक्षरमा लेखिएको जाहेरी सनाखत गराएर रोशनी पनि जाजरकोट पुगिन् । कोहलपुर इप्रकाले भाञ्जालाई समातेर उक्त जाहेरीसहित जाजरकोट पठाइदियो । तर, त्यहाँ पुग्दा ‘यो सबै झुठो हो, रिसको आवेगमा गरेकी हुँ’ भनिन् । प्रहरीले उनलाई अनेकन प्रश्न र प्रतिप्रश्न गर्दै घटनाबारे बुझ्न खोज्यो ।

सोधपुछपछि पनि उनले ‘हुँदै होइन, हामी माइजू, भाञ्जा हौँ’ नै भनिरहिन् । यसपछि सहदेव शाह नामक वकिल लगाएर कानुनी कागज गर्दै भाञ्जा लोकेन्द्रसँग मिलापत्र गराइयो । भाञ्जा लोकेन्द्र माइजूको रेखदेखमा थिए । तर, सँगै रक्सी खानुपर्ने, सँगै घर जानुपर्ने, सँगै बस्नुपर्ने उनका माग लोकेन्द्रले जायज ठानेनन् । यसपछि माइजू र भाञ्जाबीच झगडा प¥यो । होटलको सिलिङ फ्यानमा सलको पासो लगाइन् । त्यसअघि आफू मर्नलाई ठिक्क परेको दृश्य मोबाइलको क्यामेराबाट खिचिन् । र, त्यसलाई फेसबुकको म्यासेञ्जरमा हालेर अमेरिका बस्ने छोरीलाई पठाइन् । आमा मर्न लागेको अवस्था देखेपछि छोरीले बुबालाई फोन गरेर यो कुरा सुनाइन् । दाङबाट पतिले उनी आत्महत्या गर्न खोज्दै छिन् भन्ने सूचना सिडियो र प्रहरीलाई दिए । प्रहरी पुग्दा पनि उनी झुण्डिन खोजेको अवस्थामै थिइन् । उनलाई भेट्नासाथ प्रहरीहरूले घाँटीमा बेरेको पासो निकाले । यो समाचार जनआस्था साप्ताहिकको अनलाईनबाट सभार गरेका हो ।