Tuesday, June 30News That Matters

केहि दिन ठूलो पानी पर्ने सम्भावना छैन

पूर्णपुष्टि, असार ३१

अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । गत बिहीबारदेखि सक्रिय बनेको मनसुन हिजोदेखि केही कमजोर बनेको हो ।

तराई नजिक रहेको न्यूनचापीय रेखा कमजोर भएसँगै मौसममा सुधार आउन थालेको महाशाखाले जनाएको छ ।

मौसम सुधारसँगै अबका तीन दिन लगातारको झरी पर्ने सम्भावना कम भएको जनाएको छ । तर मनसुन कायमै रहेकोले केही ठाउँमा भारी वर्षाको पनि सम्भावना रहने जनाएको छ ।

यसअघि बिहीबारदेखि अस्ति सोमबारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुँदा ठूलो जनधनको क्षति भएको थियो ।

मनसुन सुरु भएपछि जेठ ३० गतेदेखि हिजोसम्म बाढी र पहिरोमा परी एक सय जनाको मृत्यु भएको छ । ४३ जना बेपत्ता भएका र ९७ जना घाइते भएका प्रहरीले जनाएको छ । बाढी पहिरोबाट २५ जिल्ला प्रभावित भएका छन् ।