Friday, May 22News That Matters

कैलालीका थप १ जना कोरोना संक्रमितको मृत्यु

पूर्णपुष्टि, असार १३ 

कैलालीका थप १ जना कोरोना सङक्रमितको मृत्यु भएको छ । गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुषको शनिबार बिहान ९ बजे चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी क्यान्सरको बिरामी थियो । चितवन मेडिकल कलेजमा उपचाररत उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालमा लगिएको थियो ।

शुक्रबार दिउँसोदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले आइसोलेशन वार्डबाट आइसीयूमा सारिएको अस्पतालले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने यसबारे पुष्टि गर्न बाँकी छ ।

योसँगै कैलालीमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।