Thursday, May 7News That Matters

कैलालीमा सलहको झुण्डमै नै आयो

पूर्णपुष्टि,  असार १९

भारतबाट गत शनिबारदेखि नेपाल प्रवेश गरेको सलह कीरा कैलालीमा झुण्ड नै आउन थालेको छ ।यसअघि झुण्ड टुक्रिएर कैलाली, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा पुगेको सलह कीरा अहिले झुण्डमा देखिन थालेको हो ।

कैलालीको टीकापुर र धनगढी आसपासको क्षेत्रमा सलह  झुण्डमै देखिएको कृषी ज्ञानकेन्द्रले जनाएको छ । हजारौंको सङ्ख्यामा सलह टीकापुर र धनगढी आसपास क्षेत्रमा प्रवेश गरेको जनाईएको छ ।

प्रदेशबासीलाई क्षेत्र अवलोकन गरी छोप्न, पासो, नेट, जाली, झुल प्रयोग गर्न, विषादी प्रयोग गर्न तथा ठूलो आवाज निकाली धपाउन आग्रह गरेको छ ।

सलह किरा बिहान ८ बजेसम्म मात्रै देखिने जनाईएको छ । कीरा पक्रेर ल्याए प्रति किलो २५ रुपैयाँका दरले प्रदेश सरकारले खरिद गर्ने समेत जनाईएको छ ।

यसअघि डडेल्धुरामा पनि सलहको झुण्ड देखिएको थियो ।