
पूर्णपुष्टि, फागुन २३
आज कोभ्याक्स अन्तर्गतको पहिलो चरणको खोप नेपाल आइपुग्ने भएको छ ।
कोभ्याक्सले दिने भनिएको एक करोड ३० लाख डोज कोभिड–१९ विरुद्धको खोपमध्ये आईतबार ३ लाख ४८ हजार डोज आउने भएको हो ।
कोभ्याक्सले नेपालको खोप लगाउने जनसङ्ख्यामध्ये २० प्रतिशतलाई पुग्ने गरी चरणबद्ध रुपमा एक करोड ३० लाख डोज खोप निःशुल्क उपलब्ध गराउने छ ।
कोभ्याक्सले नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउन लागेको हो । बिहान सवा ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्गतको खोप आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठन र ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी)ले ‘कोभ्याक्स सुविधा’अन्तर्गत २० प्रतिशत नागरिकलाई पुग्ने गरी खोप दिन लागेको हो ।
