
पूर्णपुष्टि, बैशाख १३
जिल्ला प्रहरी कार्यालय उदयपुरले मास्क लगाउन सबैमा अनुरोध गरेको छ । पछिल्लो समय बढ्दो संक्रमित र मृत्यु दरलाई ध्यान दिँदै उदयपुरलाई कोरोना बाट जोगाउन प्रहरीले मास्क लगाउन अनुरोध गरेको हो । सोमवार सुरक्षा निकायको नेपाल प्रहरी , ट्राफिक प्रहरी, शसस्त्र प्रहरी र अन्य सम्बन्धित निकायहरु उद्योग बाणिज्य संघ संचाकर्मीहरु सहितको संयुक्त आयोजनामा मास्क विना हिड्नेहरुलाई मास्क वितरणको काम गरेको छ ।
कोरोना सचेतना जगाउन र कोरोना बाट सजक गराउन मास्को प्रयोग गर्न सबैलाई अनुरोध गर्दै गाईघाट बजारको मेनचोकमा मास्क वितरण गरिएको हो ।
नेपालभर कोरोनाले उच्च स्थान लिन थालेपछि उदयपुरमा पनि यसको त्रास छाएको छ । कोरोना बाट सजग हुन जिल्लामा पनि सचेतनाको कार्यक्रमहरु सुरु भएको छ ।
उक्त कार्यक्रममा अनिवार्य मास्कको प्रयोग, काममा मात्रै बाहिर निस्कन अनुरोध, मन्दिर, सपिङ क्षेत्र, भोज भतियार, तथा कार्यक्रमहरुमा २५ जना भन्दा बढी भेला हन नपाउने, समाजिक दुरी कायम गर्नुपर्ने, होटल व्यवसायहरु बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म स्वास्थ्य मापदण्ड अनुरुप संञ्चालन गर्नु पर्ने, सार्वजानिक सवारीमा सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने जस्ता कुराहरु प्रहरीले सूचना मार्फत जानकारी गराएको छ ।
नेपालभर कोरोना त्रास बढे सँगै उदयपुरमा पनि यसको उत्तिकै जोखिम रहेकाले कोरोना बाट सुरक्षित हुन यसको पूर्व तयारीका लागि मास्क वितरण गरी कोरोना सचेतना कार्यक्रम गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले बताउनुभयो ।
एसपी दाहाल सँगै शसस्त्र प्रहरीका एसपी सुधिर सुवेदी, ट्राफिक इन्चार्ज कमल कार्की, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगत लगायत सम्बन्धित क्षेत्रबाट सहभागी भएका व्यक्तिहरुले मास्क वितरण गरेको थियो ।
तस्विरहरु

