
पूर्णपुष्टि, असोज २५
कोरोना भाईरसको संक्रमणबाट उदयपुरको एक बृद्धको मृत्यु भएको छ । त्रियुगा नगरपालिका १० का ६६ वर्षिय वृद्धको उचपारको क्रममा आज विहान मृत्यु भएको हो ।
उनलाई जिल्ला अस्पताल गाईघाटमा तीन दिन उपचार गरेपछि थप उपचारको लागि विराटनगरको न्यूरो हस्पिटल रेफर गरिएको थियो ।
शुक्रबार न्युरो हस्पिटलमा भर्ना गरेर उपचार सुरु गरेको थियो । उनको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा शनिबार रिपोर्ट पोजिटिभ आएको अस्पतालले जनाएको छ ।
उनलाई स्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटर भएको अस्पतालमा उपचारको लागी लगिएको मृतकका परिवारले जनाएको छ । उनी मधुमेहका विरामी समेत रहेको थियो ।
कहि कतै नहिडेका बृद्ध बुबामा कोरोना संक्रमण भयो भनेर अस्पतालले भन्दा आश्चर्यमा परेको परिवारले जनाएको छ ।

