Sunday, June 28News That Matters

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा रहेका व्यक्तिको स्वाव संकलन सुरु

पूर्णपुष्टि, जेठ ४ गते ।

कोरोना भाईरस (कोभिड – १९) को संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरी महिलाको सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलन सुरु गरिएको छ ।

गत विहिबार बेलुकी काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कोरोनाको कारण मृत्यु भएको  पुष्टि भएपछि उनको सम्पर्कमा रहेका व्यक्तिको नमुना संकलन थालिएको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

अस्पतालसहित सिन्धुपाल्चोकको बाह्रबिसे– ९ र बलेफी गाउँपालिका– ७ र ८ सिल गरेर महिलाको सम्पर्कमा आएका व्यक्तिको खोजी गर्न टोली परिचालन गरिसकिएको जनाईएको छ । आज धुलिखेल अस्पतालबाट विज्ञसहितको टोली बाह्रवबसे जाने स्वास्थ्य तथा मन्त्रालयले जनाएको छ ।

त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा सुत्केरी भइ गत बैशाख २५ गते सिन्धुपाल्चोक फर्किएकी महिलाको गत बिहीबार मृत्य भए पनि मृत्यु हुनको कारण खुलेको थिएन । हिजो गरिएको परीक्षणमा कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो ।