
पूर्णपुष्टि, असार १८
कोरोनाले गर्दा उदयपुरका व्यावसायीक बाख्रा पलक कृषक रामकुमार राईले उत्पादन गरेको बोका, पाठा विक्र भएको छैन । करिब ८ वर्षदेखि व्यावसायकीक बाख्रा पालन गर्दै आएका त्रियुगा नगरपालिका–१४ नेपानेका कृषक राईले उत्पादन गरेको बोका, पाठा विक्रि नभएको हो ।
व्यावसाय सुरु गरेदेखि यो पहिलो पटक समयमा बोका, पाठा विक्रि गर्न नपाएको कृषक राईले बताउनुभयो । २०६८ सालदेखि व्यावसायमा होमिएका कृषक राईले २०७१ मा ‘स्वईच्छा बाख्रा पालन फर्म’ दार्ता गरेर व्यावसायीक बाख्रा पाल्दै आएको कृषक उहाँले बताउनुभयो ।
लकडाउनले गर्दा समयमा बोका, पाठा बेच्न नपाएको कृषक राईले बताउनुभयो । गाउँघरमा केहि बोका विक्री भएपनि उचित मूल्य पाउन सकेन । अहिले फर्ममा करिब ३५ वटा बोका बेच्न योग्य रहेको उहाँले बताउनुभयो ।
पाठा जन्मेको करिब ५ महिनामा बेच्न योग्य हुन्छ । सिजन कटि सकेको बोका पनि फर्ममा रहेको कृषक राईले बताउनुभयो । बाख्रा पालनबाट वर्षीक करिब २० लाख आम्दानी गर्दै आएको कृषक राईले यस वर्ष कोरोनाले गर्दा आधा आम्दानी हुने आशा राखेको बताउनुभयो । गत वर्ष सिजनमा बोका प्रति गोटा १०–१२ हजारमा विक्रि हुन्थ्यो । तर यस वर्ष कोरोनाले गर्दा विक्री गर्न नपाएकाले आम्दानी घटेको उहाँले बताउनुभयो ।
लकडाउनमा बजार बन्द भएकाले बाख्रालाई दाना पानीको व्यावस्थापन ढुवानी गर्न समस्या भएको कृषक राईले बताउनुभयो । बोका विक्र गर्न नपाएपनि ठूलो हुने भएकाले अन्य कृषी व्यावसाय जस्तो घाटा नभएपनि सिजनमा बेच्न नपाउँदा समस्या हुने उहाँले बताउनुभयो ।
आधुनिक ३ वटा खोर, बाख्रालाई नुहाउने डिपिङ सेन्टर, आधुनिक टाट्नोको व्यावस्था छ । अहिले फर्ममा करिब १ सय ७५ वटा माउ बाख्रा छ । यो विचमा ६५ वटा माउ बाख्रा हराउँदा करिब १० लाख बराबरको क्षती भएको कृषक राईले बताउनुभयो । फर्ममा स्थानीय जातको खरी बाख्रा, जमुना पारी, बोयर लगायतका प्रजातिका बाख्रा हरेको उहाँले बताउनुभयो ।
लकडाउनको विचमा कामदारहरु सवै घर गएको र आफु पनि क्वारेन्टाईनमा बस्नु पर्दा बाख्रा हेर्ने मान्छे नभएकाले माउ बाख्रा हराएको कृषक राईले बताउनुभयो । गाउँमा कोरोना लागेको भनेर नहुदो भ्रम फैलाईएको उहाँले गुनासो गर्नुभयो । मेरो पिसिआर रिपोर्ट नेगेटिभ आउँदा पनि भ्रम फैलाएर हल्ला मचाएकाले स्वास्थ्य मन्त्रालय तथा सरकारको नियम अनुसार क्वारेन्टाईन बसेको उहाँले बताउनुभयो ।
करिब २०५७ साल तिर ग्रामीण पशु स्वास्थ्य सेवा तालिम लिएर केहि वर्ष ग्रामिण गाउँ बस्तिमा पशुको उपचार गर्दै हिड्दा मनमा व्यावसायीक बाख्रा पालन गर्ने सोच पलाएको कृषक राईले बताउनुभयो । व्यावसाय गर्दा गर्दै श्रीमतिलाई पनि भेटनरी पढाएर अहिले दुवै जना बाख्रा पालनमा लागेको उहाँले बताउनुभयो ।
भेटनरी ज्ञान भएकाले रोग नलागेपनि बाख्रा सामान्य विरामी पर्दा आफैहरुले उचार गर्ने गरेकाले व्यावसाय गर्न सहज भएको कृषक राईले बताउनुभयो । केहि वर्ष अगाडी अज्ञात रोगले करिब ४५ वटा बाख्रा मेरेदेखि अहिलेसम्म कुनै रोगले बाख्रा नमरेको उहाँले बताउनुभयो ।
बाख्रालाई बर्षमा एक पटक पिसीआर भ्याक्सीन लगाउनु पर्छ । यो भ्याक्सीन मंसिर–पुसमा लगाउन पाए अति राम्रो हुन्छ । तर पशु स्वास्थ्य कार्यालयले मात्रै दिन भएकाले कहिले निकै ढिलो दिने गरेको छ । बाहिर किन्न नपाईने भएकाले ढिलो दिदा बाख्रामा केहि समस्या हुने गरेको कृषक राईले बताउनुभयो ।
अहिले करिब १५ रोपनी जग्गामा बाख्रालाई घाँस रापिएको छ । ईपीलिपि, ईन्डुला, टाँकी, किम्बु, कोईराला, नेपियर, भटमासे लगायतका प्रजातीका घाँसहरु रोपेको कृषक राईले बताउनुभयो । यस वर्ष गत वर्ष जस्तो सामान्य अवस्था रहेको भए करिब ५० रोपनी जग्गा किनेर घाँस खेती गर्ने सोच बनाएपनि कोरोनाले चकनाचुर बनाएको उहाँले बताउनुभयो ।
वयर बाख्रालाई पहिलो प्राथमिकतामा राखेर व्यावसायलाई अगाडी बढाउने सोच रहेको छ । फर्मलाई एउटा श्रोत केन्द्रको रुपमा बढाउने कृषक राईले बताउनुभयो ।
व्यावसायीक बाख्रा पालन गर्दा रोगको पहिचान गर्न जान्ने र दाना पानीको व्यावस्थापन गर्न जान्ने हुन जरुरी छ । यस्ता ज्ञान विना व्यावसाय गर्दा सोचे जस्तो आम्दानी लिन सकिदैन ।
गत चैत्र ११ गतेदेखि कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले देश लकडाउन गरेपछि सवै क्षेत्र ठप्प भएको थियो । तर गत असार १ गतेदेखि लकडाउनको स्वरुप परिवर्तन गर्दै खुकुलो पारिए पनि कृषकहरुले उत्पादन गरेको उत्पादीत वस्तुले उचित मूल्य पाउन सकेको छैन ।

